विराट कोहलीले भने : म करियरको सबैभन्दा कठिन परीक्षामा छु - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

विराट कोहलीले भने : म करियरको सबैभन्दा कठिन परीक्षामा छु



एजेन्सी -आज बुधबार भारतले जारी विश्वकपमा लगातार दुई खेल हारिसकेको दक्षिण अफ्रिकासँग पहिलो म्याच खेल्दै छ।

आजको खेल जितेर विश्वकपमा सुखद सुरूवात गर्ने पक्षमा भारत छ। खेलको पूर्व सन्ध्यामा भारतका कप्तान विराट कोहलीको भनाइ सुन्दा त्यस्तै लाग्छ।

कोहलीले यस विश्वकपलाई आफ्नो करियरको सबैभन्दा कठिन परीक्षा भनेका छन्।

‘दक्षिण अफ्रिकी टोली खतरनाक टिममा पर्छ। हामी कसैलाई हलुका ढंगले लिदैनौं। हामी आफूलाई बलियो पार्नेमा अझ बढि ध्यान दिनेछौं। हामीलाई यसैको आवश्यक्ता छ’, कोहलीले भने।

सन् २०११ मा विश्वकप जित्दा कोहली टोलीका महत्वपूरण सदस्य थिए। सन् २०१५ मा पनि उनले विश्वकप खेले। यसपटक उनी तेश्रो पटक विश्वकप खेल्दैछन्।

उनको कप्तानीमा रहेको भारतलाई यस पटकको उपाधिको प्रवल दाबेदार राष्ट्रका रूपमा हेरिदैं आएको छ।

यसैगरी कोहलीले आफ्ना टोलीका महत्वपूर्ण सदस्य कुलदीप यादवले नेटमा आराम्रो प्रदर्शन गरिरहेकाले उनी विश्वकप टोलीमा रहेको बताए।

‘हामीले टोलीलाई सन्तुलन दिने खेलाडीको छनौट गरेका छौं। केदार पनि छन्, उनी नेटमा फर्किसकेका छन्’, कोहलीले भने।

दक्षिण अफ्रिका कमजोर मनस्थिति

प्रतियोगितामा पहिलो म्याच सँधै महत्वपूर्ण हुनेगर्छ। भारतको सामना यसपटक पहिलो म्याचमा दक्षिण अफ्रिकासँग हुँदैछ।

आयोजक इङ्ल्याण्ड र बंगलादेशसँग हारिसकेको दक्षिण अफ्रिका आजको खेलमा केहि दबाबमा अवश्य नै हुनेछ। उसको महत्वपूरण बलर डेट स्टेन टोलीबाट चोटका कारण बाहिरिसकेका छन्।

अर्का फास्ट बलर लुंगी एंगिटी पनि टोलीमा छैनन। यस्तोमा उसलाई दबाब हुनु स्वभाविक हो। स्टेनका सट्टा टोलीमा समावेश गरिएका ब्यूरान हेंडरिक्सले स्टेनको कमी कसरी पूरा गर्छन्, त्यसमा सबैको नजर हुनेछ।