अस्ट्रेलियामा अन्धाधुन्ध गोली चल्यो : ४ को मृत्यु - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

अस्ट्रेलियामा अन्धाधुन्ध गोली चल्यो : ४ को मृत्यु



अस्ट्रेलियामा मंगलबार अन्धाधुन्ध गोली प्रहार हुँदा चार जनाको मृत्यु भएको छ।

उत्तरी अस्ट्रेलियाको डार्विनमा स्थानीय समयअनुसार मंगलबार साँझ ६ बजे अन्धाधुन्ध गोली प्रहार भएको हो।

गोली लागेर केही व्यक्ति घाइतेसमेत भएको बीबीसीले जनाएको छ। डार्विनस्थित मोटलमा छिरेर एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरेको जनाइएको छ।

घटनामा संलग्न व्यक्तिलाई प्रहरीले घटनास्थलबाट भाग्दै गर्दा नियन्त्रणमा लिएको हो।

प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारी पुरुषले एक महिलाको खुट्टामा लगातार ३–४ पटक गोली प्रहार गरेका थिए। एजेन्सी