विराट कोहलीलाई रावाड़ाले लगाए गम्भीर आरोप - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

विराट कोहलीलाई रावाड़ाले लगाए गम्भीर आरोप



एजेन्सी- विश्वकप अन्तर्गत जुन ५ मा भारतले दक्षिण अफ्रिकासँग खेल्दैछ । तर खेलअगावै दक्षिण अफ्रिकाका खेलाडी कगिसो रबाडाले भारतीय कप्तान विराट कोहलीको आलोचना गरेका छन् ।

दक्षिण अफ्रिकाका तीव्र गतिका बलर रबाडाले ईएसपीएन क्रिकइन्फोलाई अन्तर्वार्ता दिँदै विराट कोहलीमाथि खनिएका हुन् ।

रबाडाले कोहलीलाई आलोचना सहन नसक्ने व्यक्ति बताउँदै ‘अपरिपक्व’ भन्न भ्याए ।

उनले भने, ‘कोहली मैदानमा प्राय: रिसाइरहेको अवस्थामा देखिन्छन् ।’

उनले कोहलीलाई राम्रो खेलाडी भएको तर अपरिपक्क र असहनशीलको रूपमा चित्रण गरे ।