विश्वकप : आज दुई खेल हुँदै, कसको अवस्था कस्तो ? - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

विश्वकप : आज दुई खेल हुँदै, कसको अवस्था कस्तो ?



एजेन्सी । आईसीसी विश्वकप क्रिकेटमा आज (शनिबार) दुई खेल हुदैछ । पहिलो खेलमा न्युजिल्याण्ड र श्रीलंका तथा दोस्रो खेलमा अफगानिस्तान र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ ।

पहिलो खेलमा न्युजिल्याण्ड र श्रीलंका कार्डिफमा दिउँसो सवाँ ३ बजे मैदान उत्रनेछन् । पछिल्लो समय अस्ताएको श्रीलंकाको क्रिकेटलाई पुर्नजागृत गर्न एकदिवसीय विश्वकप मौका बन्न सकछ ।

कुमार संगकारा र महेला जहवर्धनेपछि आएका कुनैपनि ब्याट्सम्यानले राम्रो खेल्न सकेको छैनन् ।

यता न्युजिल्याण्डसंग राम्रो ब्याटिङ लाईनमात्र उपलब्ध छैन, राम्रो बलिङ समेत रहेको छ । वार्ममप म्याचमा न्युजिल्याण्डले भारतलाई २ सय रनमा समेटेको थियो ।

आजै हुने दोस्रो खेलमा अष्ट्रेलिया र अफगानिस्तान भिड्नेछन् । तुलनात्मक रुपमा अफगानिस्तान भन्दा अष्ट्रेलिया निकै बलियो टिम हो । तर प्रतियोगितामा अप्रत्यासित नतिजा निकाल्न माहिर अफगानिस्तानले अष्ट्रेलियालाई स्तब्ध पार्ने प्रयास गर्नेछ । अफगानिस्तानसंग राम्रा स्पिनर रहेका छन् । उसले ब्याटिङमा समेत पछिल्लो समय सुधार गरेको छ ।

प्रतियोगिताको पहिलो खेलमा उत्रन लागेको अष्ट्रेलियाका लागि अफगानिस्तानविरुद्वको खेल अभ्यासको रुपमा रहने छ । अष्ट्रेलियाको टिमले यस बर्ष निकै उच्च प्रर्दशन गरिरहेको छ ।

आरोन फिन्च कप्तानीको अष्ट्रेलियाले भारत र पाकिस्तान जस्ता टिमलाइै हराईसकेको छ । तर विश्व क्रिकेटका ठुलो टिमलाई हराएको अफगानिस्तानसंग अष्ट्रेलिया सजक भएर खेल्नेछ ।

विश्वकपको सर्वाधिक सफल टिम अष्ट्रेलिया अफगानिस्तानसंग खेल्दै विश्वकपको सुरुवात गर्न लागेको हो