सपथ लगत्तै मोदीलाई झट्का : अब भारत त्यो देश रहेन - Himal Post Himal Post
  • २० कार्तिक २०८१, मंगलवार
  •      Tue Nov 5 2024
Logo

सपथ लगत्तै मोदीलाई झट्का : अब भारत त्यो देश रहेन



काठमाडौं -भारतको आर्थिक वृद्धिदर पछिल्लो पाँच वर्ष यताकै मन्द देखिएको छ । भारत सरकारले जारी गरेको पछिल्लो तथ्यांक अनुसार आर्थिक वृद्धिदर पछिल्लो पाँच वर्षयताकै सबैभन्दा कम गतिमा देखिएको हो ।

भर्खरै सपथ लिएका नयाँ प्रधानमन्त्री मोदीका लागि पहिलो झट्काको रुपमा यस्तो देखिएको छ  । नयाँ तथ्यांक दोस्रो कार्यकाल सुरु गरेका प्रधानमन्त्री नरेन्द्र मोदीका लागि चासोको विषय रहन्छ । उनले बिहीबार मात्रै दोस्रो कार्यकालका लागि शपथ लिएका थिए ।

भारतको गएको अर्थिक वर्ष–अप्रिल २०१८ देखि मार्च २०१९ सम्मको आर्थिक वृद्धिदर ६.८ प्रतिशत रहेको छ । तर आर्थिक वर्षको अन्तिम त्रैमासिकको वृद्धिदर भने मात्रै ५.८ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ ।

यो वृद्धिदर पछिल्लो दुई वर्ष यता पहिलोपटक चीनको तुलनामा कम हो । यसका अर्थ अब भारत विश्वमा तीव्र गतिमा बिस्तार एवम् विकास भइरहेको अर्थतन्त्रमा रहेन ।

यस्तो अवस्थामा अर्थ मन्त्रालयको जिम्मा सम्हाल्न आएकी निर्मला सीतारमनका लागि चुनौती हुन सक्छ । उनी अर्थ मन्त्रालयको जिम्मा पाउने दोस्रो महिला हुन् ।

यसअघि पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीले यो मन्त्रालय सम्हालेकी थिइन् । मोदी सरकारको पहिलो कार्यकायलमा उनले बाणिज्य र रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइन् ।