सचिन तेन्दुलकरले पनि विश्वकपमा भाग लिने - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

सचिन तेन्दुलकरले पनि विश्वकपमा भाग लिने



काठमाडौं – भारतीय क्रिकेटका ‘मास्टर ब्लास्टर’ सचिन तेन्दुलकर अब विश्वकपमा भाग लिने भएका छन् । तर खेलाडीको रुपमा भने होइन उनि कमेन्टटेटरका रूपमा रहने भएका छन्। उनले विश्वकपको पहिलो खेलमा कमेन्टटेटरको रुपमा डेब्यु गरे।

इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीच लन्डनको ओवल मैदानमा भएको खेलका दौरान सचिनले उक्त खेलको कमेन्ट्री गरेका थिए। सचिनको कमेन्ट्रीलाई धेरै क्रिकेटरले रुचाएका छन्। सचिनले आफ्नो संयमपुर्ण डेब्युलाई राम्रो रुपमा प्रस्तुत गरेको भन्दै उनको बाँकी करिअर थप रोमाञ्चक हुने आकलन गरिएको छ। त्यसअघि सचिनले ‘फिलिप ह्यु क्रिकेट लाइभ’ मा विशेषज्ञको रुपमा समेत उनले विचार राखेका थिए। यो शो मा उनको सेगमेन्टको नाम ‘सचिन ओपन्स अगेन’ राखिएको थियो।

सचिनले आफ्नो करिअरका दौरान ६ क्रिकेट विश्वकप खेलेका छन्। उनले सन् १९९२, १९९६, १९९९, २००३, २००७ र २०११ मा विश्वकपमा भारतीय टिमको नियमित सदस्यका रुपमा विश्वकप खेले। जहाँ उनले २२ सय ७८ रन बनाए। साथै सचिन विश्वकपमा एकै सिजन सर्वाधिक रन बनाउने क्रिकेटर समेत हुन्। उनले सन् २००३ मा दक्षिण अफ्रिकामा भएको खेलमा ११ खेलबाट ६७३ रन बनाएका थिए।