सुआरेज उरुग्वेको टोलीमा - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

सुआरेज उरुग्वेको टोलीमा



एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका स्टार स्ट्राइकार लुइस सुआरेज आसन्न कोपा अमेरिका कपको लागि उरुग्वेको अन्तिम २३ सदस्यीय टोलीमा समावेश भएको छ ।

घुडाको चोटका कारण उनी टोलीमा पर्नेमा शंका गरिएको थियो । तर, प्रशिक्षक ओस्कार टावारेजले सुआरेजलाई समावेश गदै २३ सदस्यीय टोली तयार पारेको हो । चोटकै कारण सुआरेजले भ्यालेन्सियाविरुद्धको कोपा डेल रेको फाइनल खेल गुमाएको थियो । फाइनलमा कार्सिलोना २–१ ले पराजित भएको थियो ।

यस्तै प्रशिक्षक टावारेजले चोटसँगै संघर्ष गरिरहेको फ्रेन्च क्लब पीएसजीका फरवार्ड एडिन्सन काभानीलाई पनि टोलीमा समावेश गरेको छ । एट्लेटिको मड्रिडका डिएगो गोडिनले टोलीको कप्तानी सम्हाल्नेछन् ।

उरुग्वेले कोपा अमेरिका कप अघि पानमासँग मैत्रीपुर्ण खेल खेल्दैछ । समूह ‘सी’ मा रहेको उरुग्वेले १६ जुनमा इक्वेडरसँग खेल्दै कोपा अमेरिका कपको शुरुवात गर्नेछ । यो समूहमा साविकको विजेता चिली र जापना रहेका छन् ।

उरुग्वेको पुर्ण टोली
मार्टिन कामपाना, फर्नान्डो मुसलेरा, मार्टिन सिल्भा, मार्टिन कासेरेस, सेवास्टियन कोएटेस, जोसे जिमिनेज, डिएगो गोडिन, मार्सेलो सराच्ची, जियोर्जियन, रोड्रिगो बेन्टानकर, जियोभानी गोन्जालेज, डिएगो लाजल्ट, निकोलस रोडेरो, नाहीथन नान्डेज, गास्टन पेरेरियो, लुकास टोरेरा, फेडरिको भालभार्डे, म्याटियस भेसिनो, इडिन्सन काभानी, म्याक्सी गोमेज, जोनाथन रोड्रिग्वेज, क्रिस्टियन स्टुआनी र लुइस स्वारेज ।