भारतीय कांग्रेसका नेताहरुले टेलिभिजनमा अनुहार नदेखाउने - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

भारतीय कांग्रेसका नेताहरुले टेलिभिजनमा अनुहार नदेखाउने



एजेन्सी- लोकसभा चुनावमा नराम्रो पराजय व्यहोरेको भारतीय कंग्रेस पार्टीले अबको एक महिना टेलिभिजन च्यानलहरूका बहसमा सहभागी नहुने निर्णय गरेको छ।

अध्यक्ष राहुल गान्धीको राजीनामा र पार्टी हारको कारण खोतलिरहेको कंग्रेस आईले प्रवक्ताहरूलाई टेलिभिजन बहसमा नपठाउनु उपयुक्त हुने ठानेको हो।

‘सबै मिडिया च्यानल र सम्पादकहरूलाई आफ्ना बहस कार्यक्रममा कंग्रेसका प्रतिनिधि नराख्न हुन अनुरोध गर्दछौं,’ कंग्रेस प्रवक्ता राजदीप सिंह सूर्यवालालले ट्वीटरमा भनेका छन्।

कंग्रेस नेताहरूले पार्टी हारको कारणमा नेताहरूको ध्यान केन्द्रीत गर्नका लागि यस्तो निर्णय गरिएको बताएका छन्।

यही महिना सम्पन्न १७ औं लोकसभा चुनावमा कंग्रेसले ५ सय ४२ मध्ये ५२ सिटमात्र जितेको थियो। विधानसभा चुनाव जितेका राज्यमा पनि राम्रो प्रदर्शन गर्न नसकेपछि अध्यक्ष राहुल गान्धीले राजीनामा दिने बताएका छन्। तर केन्द्रीय समितिले उनको राजीनामा स्वीकार गरेको छैन।