वेस्ट इन्डिज नै बेस्ट - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

वेस्ट इन्डिज नै बेस्ट



एकदिवसिय विश्वकप तयारीका लागि खेलिएको खेलमा वेस्ट इन्डिजले न्युजिल्यान्डलाई ९१ रनले हराएको छ । मंगलबार राति भएको खेलमा वेस्ट इन्डिजले दिएको चार सय २२ रनको विशाल विजय लक्ष्य पछ्पाएको न्युजिल्यान्ड ४७.२ ओभरमा सबै विकेट गुमाएर तीन सय ३० रनमा समेटिएको थियो ।

न्युजिल्यान्डका लागि टम ब्लन्डेलले एक सय ६ रनको शतकीय प्रदर्शन गरेपनि टोली हारबाट जोगिएन । यस्तै कप्तान केन विलियम्सनले ८५, इश सोधीले ३९, कोलिन डी ग्राण्डहोमले २३, जेम्स निशम २०, मिचेल सान्टनर १९ र हेनरी निकोलस १५ रन बनाए ।

वेस्ट इन्डिजका कार्लोस वर्थवेटले तीन विकेट लिए । फवियन एलिनले दुई, सिल्डन कर्टेल, किमर रोच, ओशन थोमस र एलशे नर्शलेको एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ४९.२ ओभरमा सबै विकेट गुमाएर चार सय २१ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि साई होपले एक सय एक रन बनाए । आन्द्रे रसेलले ५४, कप्तान जोसन होल्डरले ४७, ओपनर क्रिस गेलले ३६, इभिन लुईसले ५०, शिम्ररोन हिटमायर २७, डरेन ब्राभोले २५, कार्लोस वर्थवेटले २४ र एल्से नर्शले २१ रन बनाए । न्युजिल्यान्डका टेन्ट बोल्टले चार विकेट लिए । म्याट हेनरीले दुई, जेम्श निशम र मिचेल सान्टनरनामले एक एक विकेट लिए ।