त्रसित हुन अवस्था भयो, गम्भीर समीक्षा गरौँ -खिलराज रेग्मी
काठमाडौं– मन्त्रिपरिषद्का पूर्वअध्यक्षद तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले जन आन्दोलन २०६२/०६३ को जगमा घोषणा भएको गणतन्त्रपछि नेपाली जनताको अपेक्षा र देशको समग्र स्थितिको गति र प्रगतिबारे समीक्षा गर्ने बेला आएको बताएका छन् ।
गणतन्त्र दिवसको अवसरमा रेग्मीले दिएको शुभकामना सन्देशमा गणतन्त्र दिवसको संघार मै भएको हिंसात्मक घटनाबाट राजधानी आफैं त्रसित हुन पुगेको अवस्थाको पनि गंभीर समीक्षा गर्नु पर्ने बताएका छन् ।
‘जन आन्दोलन २०६२/०६३ को जगमा घोषणा भएको गणतन्त्रले आज ११ वर्ष पुरा गरी १२ वर्ष लाग्दै गर्दा नेपाली जनको अपेक्षा र देशको समग्र स्थितिको गति र प्रगति बारे हामी कहाँ छौं ? इमान्दारीपूर्वक वस्तुगत तवरले समीक्षा गर्दें अघि वढ्नु जरुरी हुन्छ’, रेग्मीको शुभकामना सन्देशमा भनिएको छ, ‘ गणतन्त्र दिवसको संघार मै भएको हिंसात्मक घटनाबाट राजधानी आफैं त्रसित हुन पुगेको अवस्थालाई गम्भीर समीक्षा गर्ने पर्ने हुन्छ र विगतको ऐतिहासिक परिप्रेक्ष्यलाई नजर अन्दाज पनि गर्न मिल्दैन ।
रेग्मीले घटनाक्रमलाई नजर अन्दाज गर्दे निषेध र प्रतिकृयात्मक भएर मात्र समाधान नहुने भन्दै राज्य र असन्तुष्ट पक्ष दुबैले संवादमार्फत समस्याको समाधान खोज्नुपर्नेमा जोड दिएका छन् ।
‘असन्तुष्ट पक्षले पनि हिंसात्मक गतिविधि वढाएर मात्र आफ्ना एजेण्डा स्थापित हुन्छ भन्ठान्नु देश र जनतामा पीडादायी दुर्घटना थपिने नै हो । राज्य पक्षको वार्ता र संवादको गम्भीर पहल कदमीको दायित्व रहने र असन्तुष्ट विद्रोही पक्षवाट पनि वार्ता कै माध्यमबाट समाधान खोज्ने कुरामा लचिलो र गंभीर हुनु जरुरी छ । अन्तत यसको विकल्प नै छैन’, रेग्मीले भनेका छन् ।
रेग्मीले बाह्रौं गणतन्त्र दिवसको उपलक्ष्यमा समस्त नेपाली दिदी वहिनी तथा दाजूभाइहरुमा समानता, समृद्धि र शान्तिपूर्ण जीवनको लागि शुभकामना व्यक्त गरेका छन् ।
शुभ–कामना सन्देश
बाहैं गणतन्त्र दिवसको उपलक्ष्यमा समस्त नेपाली दिदी वहिनी तथा दाजूभाइहरुमा समानता, समृद्धि र शान्तिपूर्ण जीवनको लागि शुभकामना व्यक्त गर्दछु ।
जन आन्दोलन २०६२÷०६३ को जगमा घोषणा भएको गणतन्त्रले आज ११ वर्ष पुरा गरी १२ वर्ष लाग्दै गर्दा नेपाली जनको अपेक्षा र देशको समग्र स्थितिको गति र प्रगति बारे हामी कहाँ छौं ? इमान्दारीपूर्वक वस्तुगत तवरले समीक्षा गर्दें अघि वढ्नु जरुरी हुन्छ आउदै गरेको गणतन्त्र दिवसको संघार मै भएको हिंसात्मक घटनाबाट राजधानी आफैं त्रसित हुन पुगेको अवस्थालाई गंभीर समीक्षा गर्ने पर्ने हुन्छ र विगतको ऐतिहासिक परिप्रेक्ष्यलाई नजर अन्दाज पनि गर्न मिल्दैन ।
वस्तुतः घटनाक्रमलाई नजर अन्दाज गर्दे निषेध र प्रतिकृयात्मक भएर मात्र समाधान नहुने कुराको हामी आफै भुक्तभोगी छौं । असन्तुष्ट पक्षले पनि हिंसात्मक गतिविधि वढाएर मात्र आफ्ना एजेण्डा स्थापित हुन्छ भन्ठान्नु देश र जनतामा पीडादायी दुर्घटना थपिने नै हो । राज्य पक्षको वार्ता र संवादको गंभीर पहल कदमीको दायित्व रहने र असन्तुष्ट विद्रोही पक्षवाट पनि वार्ता कै माध्यमबाट समाधान खोज्ने कुरामा लचिलो र गंभीर हुनु जरुरी छ । अन्तत यसको विकल्प नै छैन ।
आजको गणतन्त्र दिवसले निषेध हैन सहकार्य र संववाद, आतंक र विद्रोह होइन वार्ता र छलफल नै नेपालीले विकास गरेको संस्कृति हो भन्ने कुरामा समस्या समाधानको दृढता पूर्वक इमान्दारिताका साथ लाग्न प्रेरित गरोस् भन्ने कामना गर्दछु ।
धन्यवाद ।