रजनीकान्तसंगै कुन कुन कलाकार आउंदैछन् मोदीको सपथमा ? - Himal Post Himal Post
  • ९ माघ २०८२, बिहीबार
  •      Thu Jan 22 2026
Logo

रजनीकान्तसंगै कुन कुन कलाकार आउंदैछन् मोदीको सपथमा ?



नयाँ दिल्ली– नरेन्द्र मोदीको प्रधानन्त्रीको रुपमा शपथ ग्रहण कार्यक्रममा तमिल सिनेजगतका प्रसिद्ध अभिनेता रजनीकान्त र कमल हासनलाई निमन्त्रणा गरिएको छ।

उनीहरूको नजिकको स्रोतले यो जानकारी दिएको हो।

हासनको मक्कल निधी मय्यम पार्टीले पहिलो पटक लोकसभा चुनावमा भाग लिएको थियो। रजनीकान्तले भने डिसेम्बर २०१७मा राजनीतिमा आउनेबारे घोषणा गरेका थिए। तर, औपचारिक रुप भने अहिलेसम्म पाएको छैन।

दुई अभिनेतासँग जोडिएको नजिकको सुत्रले बिहीबार हुन गइरहेको मोदीको सपथ ग्रहण समारोहको लागि आमन्त्रण मिलेको जानकारी दिएको छ।

हासनले भाजपाको विरोध गरे पनि यस पटक खुसी व्यक्त गरेका थिए। किनकि, भाजपा प्रदर्शनको देशभरमा प्रभाव राम्रो भए पनि तमिलनाडुमा एक सिट पनि जित्न सकेन। उनले भनेकी देशभरको प्रभाव यस राज्यमा परेन।

रजनीकान्तले प्रधानमन्त्री मोदीलाई ट्विटबाट बधाईसमेत दिएका छन्।

एक समय रजनीकान्तसँग प्रधानमन्त्री मोदी चेन्नईको यात्राको क्रममा भेट भएका थिए।

रजनीकान्तले डिसेम्बर २०१७ मा राजनीतिमा आउने घोषणा गरेका थिए।