अजय देवगणका पिताको निधन - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

अजय देवगणका पिताको निधन



काठमाडौँ- बलिउडका चर्चित स्टन्ट डाइरेक्टर एवं चर्चित अभिनेता अजय देवगनका पिता वीरु देवगनको मुम्बईमा निधन भएको छ।

वीरु आफैँ बलिउड फिल्मी क्षेत्रका चर्चित व्यक्ति हुन्।

उनले ८० भन्दा धेरै फिल्ममा कोरियोग्राफीको काम गरेका छन्।

उनले आफ्नो कारियरको सुरुवाती चरणमा ठुलै संर्घष गरेका मानिँदै आएको छ।

१४ वर्षको उमेरमा घर छोडेर भागेका उनी पन्जाबको अमृतसरमा जन्मेका थिए। हिरो भन्ने सपनाका साथ घरबाट भागेर मुम्बई छिरेका थिए।

सुरुवातमा उनी मुम्बई साथीहरुको साथमा आएका थिए। जब उनीहरु मुम्वईमा सहज रुपमा बस्न नपाउने अवस्था सिर्जना भएपछि अमृतसर फर्केका थिए।

तर उनी आफ्नो लक्ष्यमा दृढ रहेका थिए। शुरुवाती समयमा उनले मुम्वईमा रहनाका लागि ट्याक्सी सफा गर्ने काम गरेका थिए।

उनले तत्कालीन समयमा चक्लेटी चेहेरा भएका व्यक्ति हिरो भएकाले आफू बन्न नसक्नेमा कन्फर्म भए।

लगत्तै उनले आफ्नो छोरा अजय देवगनलाई हिरो बनाउने लक्ष्य लिए। सोही लक्ष्यलाई देवगनले पूरा गरिदिए।