ममता बनर्जीले पनि बुझाइन् राजीनामा - Himal Post Himal Post
  • ९ माघ २०८२, बिहीबार
  •      Thu Jan 22 2026
Logo

ममता बनर्जीले पनि बुझाइन् राजीनामा



भारतमा सम्पन्न लोकसभा निर्वाचनमा अप्रत्यासित नतिजा व्यहोरेपछि तृणमूल कांग्रेसकी अध्यक्ष तथा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले पार्टीलाई राजीनामा दिएकी छन्।

पार्टीको आपतकालीन बैठक बोलाएर पार्टीलाई राजीनामा बुझाए पनि पार्टीले राजीनामा अस्वीकार गरेको छ। बैठकपछि गरिएको पत्रकार सम्मेलनमा बनर्जीले पार्टीको आन्तरिक बैठकमा आफूले मुख्यमन्त्री र पार्टी नेतृत्व छोड्न चाहेको भए पनि पार्टीले अस्वीकार गरेको बताइन्।

उनले कुर्सी आफ्नो लागि महत्त्वपूर्ण नभएको र आफूले यसअघि केन्द्रीय मन्त्रीको पद छोडिसकेको भन्दै पार्टीको नेतृत्व लिनै पर्ने अवस्थाका कारण आफू कुर्सीमा रहिरहेको बताइन्। पश्चिम बंगालमा यसपटक भारतीय जनता पार्टीले १८ सिट जितेको छ भने तृणमुल कांग्रेसले २२ सिट जितेको छ।

सन् २०१४ को निर्वाचनमा तृणमूल कांग्रेसले ३४ सिट जितेको थियो, त्यो बेला भारतीय जनता पार्टीले दुई सिट मात्रै जितेको थियो। यस्तै भारतीय कांग्रेका अध्यक्ष राहुल गान्धीले पार्टी नेतृत्वबाट दिएको राजीनामा पनि अस्वीकृत भएको छ। उनले निर्वाचनमा हारको जिम्मेवारी लिँदै केन्द्रीय समितिमा राजीनामा बुझाएका थिए।