न्यूजल्याण्डसँग भारतको लज्जास्पद हार - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

न्यूजल्याण्डसँग भारतको लज्जास्पद हार



एजेन्सी -इङ्ल्याण्ड विश्वकप अघि खेलिएको वार्मअप म्याचमा भारतले न्यूजल्याण्डसँग लज्जास्पद हार बेहोरेको छ।

शनिबार भएको प्रतियोगितामा भारत ६ विकेटले पराजित भयो। पहिले ब्याटिङ गरेको भारतले न्यूजल्याण्डलाई १८० रनको लक्ष्य दिएको थियो।

सो लक्ष्यलाई न्यूजल्याण्डले ३७.१ ओभरमा मात्र ४ विकेटको नोक्सानीमा हासिल गर्‍यो।

भारतको पूरै टोली ३९.२ ओभरमा १७९ रन बनाउँदै अलआउट भएको थियो।

हिजोको खेलमा टस जितेर ब्याटिङ गरेको भारतका लागि रविन्द्र जडेजाले ५४ रन बनाएका थिए। उनका अलावा हार्दिक पाण्ड्याले ३० रन जोडे भणे कुलदीप यादवले १९ तथा कप्तान विटार कोहलीले १८ रन जोडे।

भारतको इनिङ् ध्वस्त पार्ने क्रममा टेरन्ट बोल्ट ले ४ विकेट लिदां भने जेम्स निशामले ३ विकेट लिए।

न्यूजल्याण्डको जितमा रोस टायलरले सर्वाधिक ७१ रन बनाए। यसैगरी कप्तान केन विलियम्सले ६७ रन बनाउँदा मार्टिन गुप्टिल र कोलिन मुनरोले क्रमशः २२ र ४ रन जोडे। हेनरी निकोलसले नटआउट १५ रन खेले।