भारतको गुजरातमा भीषण आगालागी ,१५ जनाको मृत्यु(भिडियो सहित) - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

भारतको गुजरातमा भीषण आगालागी ,१५ जनाको मृत्यु(भिडियो सहित)



काठमाडौं : भारतको गुजरात राज्यको सुरत सहरको एक व्यवसायिक भवनमा आगलागी हुँदा १५ जनाको मृत्यु भएको छ।

शुक्रबार दिउँसो ठूलो व्यवसायिक भवनको माथिल्लो तलामा एक्कैपटक आगो उठेको थियो। ठूलो भवनको माथिल्लो तलामा आगो सल्किएपछि ज्यान बचाउन धेरै बालबालिकाले हाम फालेका थिए। सोही क्रममा एकसाथ धेरैजनाको मृत्यु भएको हो।

भारतीय सञ्चार माध्यमका अनुसार मृत्यु हुने सबै बालबालिका छन्। भवनको माथिल्लो तलामा रहेको कोचिङ सेन्टरमा अध्ययन गरिरहेकाबला आगलागी भएपछि सबै बालबालिकाले ज्यान बचाउन झ्यालबाट हाम फालेका थिए।

स्थानीय प्रहरीलाई उद्धृत गर्दै सार्वजनिक भएका खबर अनुसार १५ जनाको मृत्यु भइसहेको छ। मृतकको संख्या अझ बढ्ने अनुमान गरिएको छ।

व्यवसायिक भवनको तेस्रो र चौथो तलामा आगलागी भएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगलागीप्रति दुःख व्यक्त गर्दै घाइतेको उपचार छिटो गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।