यो चुनावमा मोदीको जित भएको स्वीकारेका छौँ :राहुल गान्धी - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

यो चुनावमा मोदीको जित भएको स्वीकारेका छौँ :राहुल गान्धी



नयाँ दिल्‍ली : भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले उत्तर प्रदेशको अमोठीमा हार स्वीकार गरेका छन्। उनले आफ्नी प्रतिस्पर्धी भाजपा उम्मेदवार स्मृति इरानीलाई जितेकोमा बधाई दिएका छन्।

राहुलले आफ्नो हार स्वीकार गर्दै लोकसभा चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि जितेकोमा बधाई दिएका छन्। राहुलले भाजपा नेता स्‍मृति इरानीलाई पनि बधाई दिएका छन्। जसले गान्धी परिवारको परम्परागत सिट अमेठीबाट जित दर्ता गराउँदैछिन्। लोकसभा चुनाव २०१९ मा भारतीय जनता पार्टी ठुलो जिततर्फ अघि बढिरहेको छ। कांग्रेस १०० सिट भन्दा तल समेटिँदा भाजपा ३५० माथि जाने देखिएको छ।

राहुललाई उत्‍तर प्रदेशको अमेठी सिटमा भाजपाकी स्‍मृति इरानीले कडा टक्कर दिँदै मतान्तर बढाएर जित नजिक पुगेकी हुन्। यस्तोमा राहुलले स्‍मृति इरानीलाई परिणाम अघि नै बधाई दिएका हुन्। ‘मैले चुनाव अभियानमै भनेको थिएँ, जनता मालिक हुन्।

आज जनताले आफ्नो निर्णय सुनाएका छन्। म पिएम मोदीलाई बधाई दिन्छु। हाम्रा जो उम्मेदवार लडे, उनलाई धन्यवाद दिन्छु। हाम्रो लडाई विचारधाराको लडाईं हो। हामीले यो चुनावमा मोदीको जित भएको स्वीकारेका छौँ’, राहुलले पत्रकार सम्मेलनमा भने, ‘अमेठीमा स्मृति इरानीले जितिन्। मायाले अमेठीका जनता हेरचाह भइरहोस भन्ने म चहान्छु। के गलत भयो आज म केही बोल्दिन। आजै नतिजा आएकाले केही भन्दिन। जनता मालिक हुन्, जनताले निर्णय सुनाएका छन्।’