दार्जिलिङ्गमा बिजेपी अगाडी ,ममता बेनर्जीको अवस्था यस्तो - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

दार्जिलिङ्गमा बिजेपी अगाडी ,ममता बेनर्जीको अवस्था यस्तो



बिहीबार सुरू भएको भारतीय लोकसभा चुनावको प्रारम्भिक मतगणना अनुसार पश्चिमबंगालमा मुख्यमन्त्री ममता बेनर्जीको पार्टी तृणमुल कंग्रेसले अग्रता लिएको छ। ४२ मध्ये ५ सिटमा तृणमूल कंग्रेस अघि छ। ४ सिटमा भने भारतीय जनता पार्टी (भाजपा) को गठबन्धनले उसलाई पछ्याइरहेको छ। भारतीय कंग्रेसको गठबन्धनले त्यहाँ २ सिटमा अग्रता लिएको छ।

नेपाली भाषीको बाहुल्यता रहेको दार्जिलिङ्गमा भने बिजेपीले अग्रता लिएको छ।

चुनाव सकिए लगत्तै भारतीय मिडियाहरूले गरेको मतसर्वेक्षणले पश्चिम बंगालमा यसपालि पनि तृणमूल कांग्रेसनै पहिलो हुने तर भाजपाले पनि सिट संख्या बढाउाले देखाएका छन्।

त्यहाँ अहिले तृणमूल कंग्रेस पार्टीले प्रदेश सरकार चलाइरहेको छ।

विभिन्न मत सर्वेक्षणले तृणमूल कंग्रेसले २४ देखि २८ सिट जित्ने देखाएका छन् भने भाजपाले दोस्रो बढी सिट पाउने देखिएको छ। पाँच वर्षअघि तृणमूल कंग्रेसले यहाँ ३४ सिट हात पारेको थियो भने कंग्रेसल ४ र भाजपाले जम्मा २ सिट हात पारेको थियो। यसपालि भने भाजपाले त्यहाँ पनि सिट बढाउने मत सर्वेक्षणमा देखिएको छ।

टाइम्स नाउका अनुसार पश्चिम बंगालमा भाजपाले ११ सिट जित्ने देखाएको छ भने कंग्रेसले जम्मा दुई सिट पाउने सम्भावना छ।