कांग्रेसले गरेकाे एक्जिट पोलमा पनि भाजपा नै अगाडि - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

कांग्रेसले गरेकाे एक्जिट पोलमा पनि भाजपा नै अगाडि



एजेन्सी– भारतीय लोकसभा निर्वाचनको एक्जिट पोलको अनुमानलाई लिएर भारतीय जनता पार्टी (भाजपा) मा उत्साहको माहोल बनेको छ।

यसैबीच भारतीय कांग्रेसले गरेको एक्जिट पोल समेत सार्वजनिक भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

यसअनुसार भाजपा २ सय भन्दा कम सिटमा खुम्चने र भाजपा नेतृत्वको एनडीए गठबन्धनले बढीमा २ सय ३० सिट जित्ने अनुमान गरिएको छ। यो आँकडा बहुमतभन्दा ४० सिट कम हो।

कांग्रेसले १ सय ४० सिट जित्न सक्ने अनुमान गरिएको छ। कांग्रेस स्रोतका अनुसार पार्टीको मत सर्वेक्षणमा कांग्रेस नेतृत्वको यूपीए गठबन्धनले १९५ भन्दा बढी सिट जित्ने अनुमान छ।

पार्टीको यस आन्तरिक सर्वेक्षणका अनुसार कांग्रेस नेतृत्वको यूपीए गठबन्धनले तमिनाडु, केरल र पञ्जाबमा राम्रो प्रदर्शन गर्ने कांग्रेसको आशा छ। यसका साथै कांग्रेसले बिहार, छत्तिसगढ, मध्य प्रदेश, महाराष्ट्र, गुजरात, झारखण्ड र हरियाणामा पनि राम्रो पदर्शन गर्ने अनुमान गरिएको छ।

कांग्रेसको सर्वेक्षण अनुसार यूपीएले बिहारमा १५, महाराष्ट्रमा २२ देखि २४, तमिलनाडुमा ३४, केरलमा १५, गुजरातमा ७, कर्नाटकमा ११ देखि १३, पश्चिम बंगालमा २, मध्य प्रदेशमा ८ देखि १०, हरियाणामा ५ देखि ६, राजस्थानमा ६ देखि ७ सिट जित्ने अनुमान छ।

यसका साथै कांग्रेस नेतृत्वको यूपीएले उत्तर प्रदेशमा ५, दिल्लीमा २, पञ्जाबमा ९, छत्तिसगढमा ९, ओडिसामा २, तेलंगनामा २, हिमाञ्चलमा १, गोवामा १, झारखण्डमा ५, उत्तराण्डमा २, पूर्वोत्तर राज्यमा ९ देखि १०, आसममा ६, अरुणाचलमा १ र मेघालयमा २ सिटमा जित हात पार्ने कांग्रेसले गरेको एक्जिट पोलको अनुमान छ।

कांग्रेसले यो आँकडा देशका अलग–अलग निर्वाचन क्षेत्रमा रहेका आफ्ना २ सय ६० पर्यवेक्षक तथा राज्य र स्थानीय नेताबाट लिएको हो। कांग्रेसले दक्षिण भारतमा पनि राम्रो प्रदर्शन गर्ने आशा गरिएको छ।

तर लाेकसभा निर्वाचनलाई लिएर गरिएका अधिकांश एक्जिट पोलहरुले भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडीए गठबन्धनले संसदमा बहुमत ल्याउने अनुमान गरेका छन्।

यसैबिच कांग्रेस अध्यक्ष राहुल गान्धीले बुधबार एक ट्वीट गर्दै कार्यकर्तालाई फर्जि एक्जिट पोलबाट निराश नहुन र कांग्रेस पार्टीमाथि विश्वास गर्न अपिल गरेका छन्।