लाउडा एयरका संस्थापक निकीको निधन - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

लाउडा एयरका संस्थापक निकीको निधन



एजेन्सी । लाउडा एयरका संस्थापक निकी लाउडाको निधन भएको छ । ७० वर्षीय लाउडाको सोमबार घरमै निधन भएको उनको पारिवारिक स्रोतले पुष्टी गरेको छ । अष्ट्रियाका लाउडा फरारी कार रेसमा तीन पटक विश्व च्याम्पिएन बनेका थिए ।

रेसिङका क्रममा सन् १९७६ मा दुर्घटनामा परेका थिए । दुई सय मिटर प्रतिघन्टाको गतिमा रहेको उनको कार दुर्घटनामा परेको थियो ।

तीव्र गतिको कारमा आगो लागेको थियो । ५५ सेकेन्डमा उनलाई कारबाट निकालियो । उनको शरिरको धेरै भाग जलेको थियो भने फोक्सोमा पनि क्षति पुगेको थियो। उनी बाँच्छन् भन्ने कमैलाई आशा थियो ।