एनआरएनए अमेरिका च्याप्टरको अध्यक्षमा रेग्मी, सचिवमा फुलारा - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

एनआरएनए अमेरिका च्याप्टरको अध्यक्षमा रेग्मी, सचिवमा फुलारा



अमेरिका – गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसिसी) अमेरिकाको विस्कान्सन च्याप्टरको अध्यक्षमा टुकप्रसाद रेग्मी निर्वाचित भएका छन्। आइतबार सार्वजनिक गरिएको मत परिणाम अनुसार रेग्मी ११७ मत ल्याएर विजयी भएका हुन्। उनका निकतम प्रतिद्वन्द्वी विष्णुप्रसाद अधिकारी ६९ मत प्राप्त गरे।

संघको उपाध्यक्षमा दीपक थापा, सचिवमा गोविन्द फुलारा र कोषाध्यक्षमा हरिबहादुर अधिकारी निर्विरोध निर्वाचित भए।

महिला कोर्डिनेटरमा संगीता अधिकारी वाग्ले तथा सदस्यहरूमा लेखनाथ तिमिल्सेना, ठन्डराज तिमिल्सेना र मदन श्रेष्ठ निर्विरोध चुनिए। दुई वर्षीय कार्यकालका लागि मे १८ र १९ मा चुनाव भएको थियो।

यस्तै, एनसिसीको केन्द्रीय सदस्यमा वासुदेव अधिकारी र तिलकबहादुर केसी तथा मध्यपश्चिम क्षेत्रको उपाध्यक्षमा बुद्धिसागर सुवेदी निर्वाचित भए।