इरानलाई सिध्याईदिने ट्रम्पको चेतावनी - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

इरानलाई सिध्याईदिने ट्रम्पको चेतावनी



काठमाडौं – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आइतवार इरानलाई चेतावनी दिँदै आफूहरूको विरुद्ध उसले युद्ध गरेमा उसको आधिकारिक अन्त्य हुने ट्वीट गरेका छन् ।

अमेरिकालाई कहिले पनि धम्की नदिन उनले भनेका छन् ।

अमेरिकी सैनिकलाई पश्चिम एसियामा तैनाथ गरेपछि दुई देशबीच तनावको स्थिति छ ।

अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले इरानी शासकहरूलाई ट्रम्पले स्पष्ट सन्देश दिएको बताए ।

वैशाख २९ गते यूएईको तटनजिक दुईवटा साउदी जहाज र दुई तेल ट्यांकरमा भारी क्षति भएको थियो । कसैले पनि आक्रमणको जिम्मेवारी नलिएको भए पनि यसमा प्रतिबन्धको प्रभाव झेलिरहेको इरानको हात हुन सक्ने अमेरिकाको आशंका छ ।

त्यसो त ट्रम्पले इरानसँग युद्ध नगर्ने भनी केही दिनअघि बयान दिएका थिए । त्यसको जवाफमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनेईले इरान पनि अमेरिकासँग युद्ध गर्ने मूडमा नरहेको तर अमेरिकाको विरोध जारी राख्ने बताएका थिए ।

एजेन्सी