बस दुर्घटना : पाँच जनाको मृत्यु ,३० जना घाइते
भारत । आगरा राजमार्गमा शनिबार द्रुतगतिमा गइरहेको बस दुर्घटना पर्दा कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।
राजमार्ग अन्तर्गतको देवखरीमा भएको सो दुर्घटनामा परी अन्य ३० जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् ।
दिल्लीबाट यात्रु लिएर बिहारतर्फ गइरहेका अवस्थामा ट्याक्टरको ट्रलीमा ठोक्किएर बस दुर्घटनामा परेको बताइएको छ ।
घाइतेका मध्ये एक दर्जन भन्दा बढीलाई थप उपचारका लागि लखनउ ट्रमा सेन्टरमा लगिएको अधिकारीहरुले जनाएका छन् ।
घाइते मध्ये केहीको अवस्था चिन्ताजनक भएको हुनाले मृतकको सङ्ख्या बढ्न सक्ने पनि आशङ्का गरिएको छ ।फाईल तस्विर