निधन भएपछि खालि रहेका यी हुन् चार स्थान - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

निधन भएपछि खालि रहेका यी हुन् चार स्थान



काठमाडौं -संघीय र प्रदेश संसद्मा चार सांसदको पद रिक्त छ।

हेलिकोप्टर दुर्घटनामा प्रतिनिधि सांसद रवीन्द्र अधिकारीको निधन भएपछि कास्की क्षेत्र नम्बर २ रिक्त भएको छ।

त्यस्तै प्रदेश सभा सांसदहरू क्रमशः भक्तपुरका हरिशरण लामिछाने, बाग्लुङका टेकबहादुर घर्ती र दाङका उत्तरकुमार ओलीको निधन भएपछि पद रिक्त छन्।

लामिछाने भक्तपुर क्षेत्र नं. १‘ख’, घर्ती बाग्लुङ क्षेत्र नं. २ ‘ख’ र ओली दाङ क्षेत्र नं. ३ ‘ख’ प्रतिनिधि थिए। यो खबर आजको नयाँ पत्रिकामा छापिएको छ।

सांसदहरूको निधन भएको निर्वाचन आयोगलाई जानकारी भए पनि उपनिर्वाचनको तयारी सुरु नभएको आयुक्त नरेन्द्र दाहालले बताए। आयोगको परामर्शमा सरकारले उपनिर्वाचनको मिति घोषणा गर्ने संवैधानिक र कानुनी व्यवस्था छ।