अखिलमा तिब्र असन्तुष्टि रोलक्रम मिचेको आरोप - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

अखिलमा तिब्र असन्तुष्टि रोलक्रम मिचेको आरोप



काठमाडौं । जनसंगठनहरूको एकताको सूची सार्वजनिक भएलगत्तै अनेरास्ववियुभित्र असन्तुष्टि देखिएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

दोहोरो मापदण्ड अपनाएर विधि–प्रक्रिया मिचेर विद्यार्थीमा एकीकरण गरिएको भन्दै अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ र अखिलका उपाध्यक्ष रश्मि आचार्यले आपत्ति जनाएका छन् ।

पार्टीले अन्याय गरेको आरोप लगाउँदै ‘एकतामा विचित्रको विधि नअपनाउन’ नेतृत्वलाई खबरदारी गरेका छन् । विद्यार्थीमा तत्कालीन एमालेका तर्फबाट अखिलका महासचिव ऐन महरलाई संयोजक र तामाङलाई सहसंयोजक तोकिएको छ ।

‘पार्टीले ममाथि अन्याय गरेको छ, विधि प्रक्रिया मिचेर गरिएको निर्णयप्रति मेरो असहमति छ, केही दिनभित्र धारणा सार्वजनिक गर्छु,’ तामाङले भनेका छन् ।

आचार्यले पनि तामाङकैजस्तो असन्तुष्टि पोखेका छन् । ‘अध्यक्ष नहुने भए उपाध्यक्षलाई बनाउनुपर्नेमा अनेरास्ववियुमा एकैचाटि महासचिवमा पो झरेको भन्ने सुनियो । अध्यक्षपछि रोल नं २ उपाध्यक्षको हो भन्ने कुरा स्वयंसिद्ध होइन र ?’ आचार्यले सामाजिक सञ्जालमार्फत् असन्तुष्टि पोखेका छन्, ‘यस्तो दोहोरो मापदण्ड पक्कै पनि नअपनाउनुपर्ने । पार्टीको आधिकारिक घोषणा नहुन्जेल यस्तो कुरामा विश्वास गर्ने कुरै भएन ।’

एकीकृत अनेरास्ववियुको संयोजक बन्ने चाहना पार्टी नेतृत्वसामु स्पष्ट राखेका कारण अझै पार्टीले छलफल गरेर न्याय दिने आशा राखेको दाबेदारहरूले बताएका छन् ।