पशुपतिनाथको २३१ रोपनी जग्गा पनि गायब - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

पशुपतिनाथको २३१ रोपनी जग्गा पनि गायब



काठमाडौँ – भनिन्छ – पशुपतिनाथले सबैको रक्षा गर्छन् । तर, नेपालका भूमाफिया यति शक्तिशाली छन्, जसबाट पशुपतिनाथले आफ्नै जायजेथा रक्षा गर्न सकिरहेका छैनन् । पशुपति मन्दिरका नाममा रहेको उपत्यकाकै कम्तीमा २३१ रोपनी १० आना जग्गा कहिले कसले खायो पत्तै छैन ।

वागमतीदेखि मनहरा नदी बगरसम्मका पशुपतिको जग्गा हराएका हुन् । तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरदेखि भूमाफियासम्मले पशुपतिको जग्गा गायब पारेको ठहर छानबिन समितिले गरेको छ । यो समाचार गोपीकृष्ण ढुङ्गाना र सुरेन्द्र काफ्लेले लेखेका हुन् ।

श्रीपशुपतिनाथ अमालकोट कचहरी, श्रीपशुपति भण्डार तहबिल र जयवागेश्वरी भण्डार तहबिलको असुली लगतको अभिलेखअनुसार पशुपतिनाथको नाममा रहेको २३१ रोपनी १० आना जग्गा गायब पारिएको छ । पशुपतिनाथको गुठी जग्गा छानबिन तथा संरक्षण समितिले अर्बौं रुपैयाँ पर्ने जग्गा हराएको प्रतिवेदन तयार पारेको छ । कोष सञ्चालक परिषद्का कोषाध्यक्ष एवम् समितिका संयोजक डा. मिलनकुमार थापाले पशुपतिनाथको नाममा रहेका अझै धेरै जग्गा गायब पारिएको हुन सक्ने बताए ।

हालसम्म पशुपतिनाथको जग्गा र सम्पत्तिको खोजबिन गर्न तीनवटा समिति बनिसकेका छन् । संस्कृति मन्त्रालयका तत्कालीन सचिव जलकृष्ण श्रेष्ठको संयोजकत्वमा समिति बनाइएको थियो । त्यो समितिले पशुपतिको जग्गाको खोजबिन गरी प्रतिवदेन बाहिर ल्याउन सकेन ।

अन्नपूर्ण पोस्टमा खबर छ।