चेन्नाईले खेल हार्दा पनि धोनीले बनाए नयाँ कीर्तिमान - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

चेन्नाईले खेल हार्दा पनि धोनीले बनाए नयाँ कीर्तिमान



एजेन्सी -महेन्द्र सिंह धोनी आईपिएल लिगका सर्वाधिक सफल कप्तान हुन्। उनले चेन्नई सुपर किङ्सलाई सर्वाधिक पटक फाइनलमा पुर्‍याएका छन्। चेन्नईले ३ पटकको उनको कप्तानीमा उपाधि जितेको छ।

३-३ पटक उपाधि जित्ने उनी पहिलो कप्तान हुन्। आफ्नो शानदार कप्तानीका लागि दुनियाँमा चिनिएका धोनीले आइतबार मुम्बई इण्डियन्स विरूद्धको फाइनलमा एउटा अर्को कीर्तिमान बनाएका छन्।

धोनीले आइतबारको म्याचमा पहिलो दुई क्याच समाते। यी क्याच समातेसँगै धोनीले ‘मोस्ट विकेटकिपिङ डिसमिसल्स’को कीर्तिमान बनाए। उनले आईपिएलको इतिहासमा १८४ म्याच खेल्दै १३२ वटा ‘विकेटकिपिङ डिसमिसल्स’ गरेका छन्। यसमा ९४ वटा क्याच तथा ३८ वटा स्टम्पिङ सामेल छन्। धोनीको यस उपलब्धीलाई आईपिएलको आधिकारिक वेवसाइटले ट्वीट गरेको छ।

यस अघि यो कीर्तिमान दिनेश कार्तिकको नाममा थियो। उनले १६७ म्याचबाट १३१ वटा क्याच/स्टम्पिङ गरेका छन्। यसमा १०१ क्याच र ३० स्टम्पिङ समावेश छन्। यसमा सर्वाधिक क्याचको कीर्तिमान अझै दिनेशको नाममा छ।

यस सूचिमा रविन उथप्पा तेश्रो स्थानमा रहेका छन्। उनले ११४ म्याचमा ९० वटा विकेटको शिकार गरेका छन्।