अब पत्रकारलाई १ करोड जरिबाना, १५ वर्ष जेल - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

अब पत्रकारलाई १ करोड जरिबाना, १५ वर्ष जेल



काठमाडौं -सरकारले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा राष्ट्रियतामा आँच आउने कुनै पनि समाचार प्रकाशन वा प्रसाररण गरे ५० लाखदेखि १ करोड रुपैयाँसम्म जरिवार हुने गरी आमसञ्चार विधेयक तयार गरेको छ।

संसद्मा पेस हुने चरणमा रहेको उक्त विधेयकले १ करोडसम्म जरिवाना वा १० वर्षदेखि १५ वर्षसम्म जेल वा दुवै सजाय हुनसक्ने प्रावधान समेटेको छ। यो खबर आजको नागरिक दैनिकबाट लिइएको हो।

कुनै पनि स्वदेशी, विदेशी आमसञ्चार माध्यमले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा राष्ट्रियता, विभिन्न सघीय एकाइ, जातजाति, धर्म वा सम्प्रदाय, राज्यद्रोह वा अदालतको अवहेलना वा अपराध गर्न दुरुतसाहन गर्ने काम गरे उक्त जरिवाना वा कैद सजाय हुने प्रस्ताव विधेयकमा छ।