चेन्नेई फाईनलमा – दिल्लीले इतिहास बनाउने अवसर गुमायो
एजेन्सी । चेन्नेई सुपर किंग्स ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको फाईनलमा प्रवेश गरेको छ । शुक्रबार भएको दोस्रो क्वालिफायर खेलमा दिल्ली क्यापिटल्सलाई पराजित गर्दै चेन्नेईले मुम्बईसंग उपाधि भिडन्त पक्का गरेको हो ।
१ स य ४८ रनको लक्ष्य चेन्नेईले ४ विकेट गुमाएर पुरा गर्यो ।
ओपनर फाफ डु प्लेसिस र सेन वटसनले अर्धशतक बनाउँदै चेन्नेईको जितको रेखा कोरेका थिए ।
दुवैले पटक विकेटका लागि ८१ रनको साझेदारी गरेका थिए ।
सुरेश रैना ११ रन बनाएर आउट भएका थिए ।
यसअघि, विशाखापटनममा चेन्नेईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ४७ रन बनायो ।
ऋषभ पन्तले ३८ र कोलिन मुन्रोले २७ रन जोड्नु बाहेक अन्यको प्रर्दशन उल्लेख्य रहन सकेन ।
ओपनर पृथ्वी शा ५ र शिखर धवन ८ रनका आउट भएका थिए । कप्तान श्रेयश लेयर १३ रनमा पोविलियन फर्किएका थिए । अन्यको प्रर्दशन खासै उल्लेख्य रहन सकेन ।
चेन्नेईका दिपक चाहर, हरभजन सिंह, रविन्द्र जडेजा र डियान ब्राभोले समान २-२ विकेट हात पारे ।
चेन्नेईले उपाधिका लागि मुम्बई ईन्डियन्ससग प्रतिस्पर्धा गर्नेछ ।