चेन्नई सामु दिल्लीको कमजोर प्रस्तुति - फाइनल खेल्ने सम्भावना कम - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

चेन्नई सामु दिल्लीको कमजोर प्रस्तुति – फाइनल खेल्ने सम्भावना कम



एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को दोस्रो क्वालिफायर खेलमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सलाई १ सय ४८ रनको लक्ष्य दिएको छ ।

विशाखापट्नममा टस हारेर पहिला ब्याटिङ निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४७ रन बनायो । अन्तिम ओभरमा रविन्द्र जडेजाले २ छक्का र १ चौका सहित १६ रन खर्चिन पुगेपछि दिल्ली मध्यम योगफल सम्म पुग्न सफल भएको हो ।

दिल्लीका लागि ऋषभ पन्तले २५ बलमा २ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ३८ रनको योगदान दिए । १९ ओभरको चौथो बलमा पन्तलाई दिपक चाहरले ड्वेन ब्राभोबाट क्याच आउट गराएका थिए ।

त्यसअघि पन्तले १७ ओभरको चौथो बलमा जीवनदान पाएका थिए । इमरान ताहिरको बलमा कडा शट प्रहार गरेका दिपक चाहरले क्याच लिएपनि बाउन्ड्रीलाई बाहिर गएपछि उक्त बल छक्का हुन पुगेको थियो ।

दिल्लीले पहिलो विकेट तेस्रो ओभरको तेस्रो बलमा पृथ्वी शालाई ५ रनमा गुमाएको थियो । शा एलपी डब्लू आउट भए । सुरुवाती समय दिपक चाहरले एलपीको अपिल गरे पनि एम्पारले नकारेका थिए । तर धोनीले रिब्यू लिदै पेभिलिएन फर्काए । छैटौं ओभरको दोस्रो बलमा हरभजन सिंहले शिखर धवनलाई महेन्द्र सिंह धोनीबाट कट एण्ड बिहाइन्ड निकाल्दै १८ रनमा पेभिलिएन फर्काए । धवनले १४ बलमा ३ चौका प्रहार गरे ।

रविन्द्र जडेजाको ९ औं ओभरको पाँचौ बलमा बलमा ठूलो शट खेल्ने धुनमा कोलिन मुनरो बाउन्ड्री लाईन नजिकै ड्वेन ब्राभोबाट २७ रनमा क्याच आउट हुन पुगे । उनले २४ बलमा ४ चौका प्रहार गरे । इमरान ताहिरको १२ औं ओभरको तेस्रो बलमा कप्तान श्रेयस ऐर ठूलो शट खेल्ने धुनमा गलत शट प्रहार गर्दै सुरेश रैनाबाट १३ रनमा क्याच आउट भए ।

ब्राभोको १३ ओभरको पाँचौ बाउन्सर बलमा शट प्रहार गर्दा अक्षर पटेल ताहिरबाट ३ रनमा क्याच आउट भएपछि दिल्ली संकटमा परेको थियो । तल्लो क्रममा शेरफेद रदरफर्ड १० र किमो पल ३ रनमा आउट भए । ईशान्त शर्मा १० र अमित मिश्रा ६ रनमा अविजित रहे ।

चेन्नईका लागि हरभजन सिंह,दिपक चाहर,रविन्द्र जडेजा र ड्वेन ब्राभोले समान २ विकेट लिए । त्यस्तै इमरान ताहिरको नाममा १ विकेट रह्यो ।

आजको विजेता फाईनलमा प्रवेश गर्ने छ । चेन्नई ८ औं र दिल्ली पहिलो पटक फाईनल पुग्ने दाउँमा छन् । मुम्बई यस अघिनै चेन्नईलाई हराउँदै फाईनलमा प्रवेश गरि सकेको छ । फाईनल आगमी आईतबार हुने छ ।