चन्द्रागिरी केवलकारलाई कारबाही - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

चन्द्रागिरी केवलकारलाई कारबाही



काठमाडौं-चन्द्रागिरी हिल्स कम्पनी लिमिटेडले वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदनमा उल्लेख भएभन्दा फरक प्रकृतिको संरचना निर्माण गरेको भन्दै कारबाही गर्न वातावरण विभागले वन तथा वातावरण मन्त्रालयसमक्ष सिफारिस गरेको छ ।

‘अनुगमन क्रममा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन उल्लंघन गरेको पाइएकाले वातावरण ऐन २०५३ को धारा १८ (१) अनुसार कारबाही गर्नु उपयुक्त देखिन्छ’, विभागले यसै साता मन्त्रालयमा पठाएको प्रस्तावमा भनिएको छ, ‘आयोजनाले संरचना निर्माण गर्दा इआईए प्रतिवेदन ख्याल गरेको देखिएन ।’

वातावरण ऐनको धारा १८ (१) मा प्रस्ताव स्वीकृत नगराई वा स्वीकृत प्रस्तावविपरीत कुनै कार्य गरे तोकिएको अधिकारीले त्यस्तो कार्य तुरुन्तै बन्द गराउन त्यस्तो कार्य कुनै व्यक्ति वा संस्थाले गरेको भए निजलाई कसुरको मात्रा हेरी लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था छ । कान्तिपुर दैनिकबाट