सन्दीपलाई आजपनि खेलाएन दिल्लीले - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

सन्दीपलाई आजपनि खेलाएन दिल्लीले



एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) एलिमिनेटेर खेलमा दिल्ली क्यापिटल्सले नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई सनराइजर्स हैदरावादसँगको खेलमा पनि बेन्चमा राखेको छ ।

हैदरावादको वैकल्पिक घरेलु मैदान विशाखापट्नममा भएको टसमा दिल्ली टस जितेर बलिङ गर्ने निर्णय लिएको छ । दिल्लीले आजको खेलमा एक मात्र खेलाडी परिवर्तन गरेको छ । कोलिन इनग्रमाको स्थानमा कोलिन मुनरोलाई टोलीमा मौका दिएको छ । सन्दीपले मौका पाएका छैनन् ।

दिल्लीको प्लेइङ ११ : शिखर धवन, पृथ्वी शा, श्रेयस ऐर(कप्तान), ऋषभ पन्त, कोलिन मुनरो, शेरफेन रदरफोर्ड, अक्षर पर्टेल, ट्रेन्ट बोल्ट, इशान्त शर्मा,अमित मिश्रा र किमो पल ।