हैदरावादविरुद्ध सन्दीपलाई खेलाउने सम्भावना कम - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

हैदरावादविरुद्ध सन्दीपलाई खेलाउने सम्भावना कम



काठमाडौं-इण्डियन प्रिमियर लिग(आइपीएल) को इलिमिनेटरमा बुधबार साँझ दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद भिड्दैछन्।

विजेता टोलीले जारी १२औं सिजनको फाइनलमा प्रवेशका लागि शुक्रबार चेन्नाई सुपरकिंग्ससँग दोस्रो क्वालिफायर खेल्नेछ भने पराजित टोली प्रतियोगिताबाट बाहिरिनेछ।

श्रेयस ऐय्यरसँगै दिल्लीको टोलीमा बलियो ब्याटिङ लाइन छ। उनीसँगै शिखर धवन, पृथ्वी शा, ऋशब पन्त दिल्लीका मुख्य ब्याट्यसम्यान हुन्। हैदरावादको बलियो पक्ष भने बलिङ हो। उसँग भुवनेश्वर कुमारसँगै अफगानिस्तानका रासिद खान तथा मोहम्मद नाबी जस्ता अनुभवी बलर छन्।

यस सिजनमा दिल्ली क्यापिटल बलियो टोलीका रुपमा देखिएको छ। लिगका १४ खेलमा १८ अंक जोडेको दिल्ली रनरेटमा मात्रै पछि पर्दै मुम्बई र चेन्नाई पछि तेस्रो स्थानमा रहेको थियो।

सनराइजर्सविरुद्ध गर या मरको स्थितीको यस खेलमा दिल्लीले नेपाली स्टार सन्दीप लामिछानेलाई प्लेइङ सेटमा मौका दिने सम्भावना भने न्यून छ।

ठिक दश दिन अघि रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध खेलेयता सन्दीपले दिल्लीको टोलीमा स्थान बनाउँन सकेका छैनन्। उक्त खेलमा ३ ओभरमा कुनै विकेट नपाएर सन्दीपले ३६ रन खर्चेका थिए।

त्यसअघि पनि सन्दीप किंग्स एलेभेन पन्जाब(४०) र बैंग्लोर(४६)विरुद्धको अर्को खेलमा पनि महँगा भएका थिए।

स्पिनरमा दिल्लीले अमित मिश्रासँगै अक्सर पटेललाई मैदान उतार्दै आएको छ। त्यसबाहेक तेस्रो स्पिनर राखेको खण्डमा राहुल टुविसियासँग सन्दीपको प्रतिस्पर्धा हुनेछ। यता, चारजना मात्रै विदेशी खेलाडी खेलाउँन पाउने भएकाले पनि ट्रेन्ट बोल्टले सन्दीपको स्थान लिदैँ आएका छन्।

यस्तै क्रिकएन्फो लगायतका कुनैपनि क्रिकेटका वेबसाइटहरुले सन्दीपलाई सुरुवाती–११ मा पर्ने सक्ने खेलाडीको सुचीमा राखेका छैनन्।