गर्मी मौसममा यी फलफूल खानुहोस् - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

गर्मी मौसममा यी फलफूल खानुहोस्



गर्मी याममा आहारमा धेरै भन्दा धेरै फलफूल समावेश गर्नुपर्छ । फलले पाचन प्रक्रिया र स्वास्थ्यलाई ठीक राख्‍न मद्दत गर्छ । गर्मी मौसममा शरीरमा हुने पानीको कमीलाई पनि फलफूलले पूरा गर्छन् ।

खरबुजाः

गर्मीमा अनिवार्य रूपमा खरबुजा खानुपर्छ । यो फल स्वादिलो त हुन्छ नै, स्वास्थ्यका लागि फाइदाजनक पनि छ । यसमा पाइने भिटामिन ‘सी’ले पाचन प्रक्रियालाई ठीक राख्‍न मद्दत गर्छ । रोग प्रतिरोधात्मक क्षमता बढाएर विभिन्न रोगबाट खरबुजाले बचाउँछ । यसमा एन्टिअक्सिडेन्ट पाइन्छ । यस फलले शरीरमा पानीको कमी हुन दिँदैन र शरीरलाई शीतल बनाइराख्छ ।

काँक्रोः

गर्मीमा तापमान अधिक हुन्छ । जसले गर्दा शरीरलाई बढी पानीको आवश्यकता हुन्छ । शरीरमा पानीको परिपूर्तिका लागि काँक्रो खानुपर्छ । यसले शरीरमा रहेका विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्दछ । शरीर स्वस्थ्य रहन्छ र उच्च रक्तचापलाई नियन्त्रण गर्न मद्दत गर्छ ।

लिचीः

लिचीले पनि शरीरमा पानीको कमी हुन दिँदैन । पाचन प्रक्रिया दुरुस्त रहन्छ । यसमा पाइने भिटामिन दिमागका लागि लाभकारी छ ।

यी स्वास्थ्य सुझावहरू  सम्पूर्ण साप्ताहिकबाट ।