मन्त्री महासेठले बलात्कारको घटना दबाउन खोजेको आरोप ! - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

मन्त्री महासेठले बलात्कारको घटना दबाउन खोजेको आरोप !



काठमाडौँ – धनुषा महेन्द्रनगरकी १४ वर्षीया बालिका कञ्चन यतिखेर पाटन अस्पतालको भित्ता हेरेर दिन काटिरहेकी छिन्। उनी घरी घटना सम्झेर झस्किन्छिन् त घरी त्यत्तिकै यताउति हेरेर टोलाउँछिन्। वैशाख २५ गते दिउँसो स्थानीय राजकुमार साहले बलात्कार गरेपछि उनको हालत यस्तो भएको हो।

घटनापछि उनको मनस्थिति असामान्य भएकाले विशेष उपचारका लागि गत शुक्रबार पाटन अस्पताल ल्याइएको थियो।

घरिघरि बेहोस हुने र ननिदाउने समस्या भएपछि उनलाई जनकपुर क्षेत्रीय अस्पतालको बाल मानसिक रोग वार्डमा कञ्चनको उपचार गराइएको थियो।

घटनापछि छोरीको जीवन बर्बाद भएको र आफू समाजमा मुख देखाउन नसक्ने अवस्था भएको पीडितका पिताको दुखेसो छ। स्थानीय एक असईले आफ्नो मोबाइल जफत गरी घटनाको प्रमाण (फोटो) नष्ट गरिदिएको उनले बताए।

‘घटनास्थलको फोटो भएको मोबाइल खोसेर किन ती फोटोहरू किन डिलिट गरियो ?’ पीडितका ठूलो बुबाले भने।

यस्तै महेन्द्रनगर नगरपालिकाका मेयर योगी पञ्जियार र भौतिक तथा योजनामन्त्री रघुवीर महासेठले घटना दबाउन खोजेको पीडित पक्षको आरोप छ। समाचार नागरिक दैनिकमा छ प्रकाशित छ।