चेन्नईको कमजोर खेल - मुम्बईलाई फाइनल पुग्न सहज - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

चेन्नईको कमजोर खेल – मुम्बईलाई फाइनल पुग्न सहज



एजेन्सी – इन्डियन प्रिमियर लिग(आईपीएल) को पहिलो क्वालिफायर खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई १ सय ३२ रनको समान्य लक्ष्य दिएको छ ।

घरेलु मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ४ गुमाउँदै १ सय ३१ रन बनायो । चेन्नईका आम्बाती रायडुले लागि सर्वाधिक ४२ रन बनाए । उनले ३७ बलमा ३ चौका र १ छक्का प्रहार गरे । चेन्नईलाई मध्यम योगफल सम्म पुर्याउन कप्तान महेन्द्र सिंह धोनी तल्लो क्रममा ३७ रनमा अविजित रहे । धोनीले २९ बलमा ३ छक्का प्रहार गरे । अन्तिम ओभरको पहिलो बलमा जसप्रित बुमराहले महेन्द्र सिंह धोनीलाई क्याच आउट गराएपनि नो बल भएपछि जीवन दान पाएका थिए ।

चेन्नईको सुरुवात खराव रह्यो । तेस्रो ओभरको पहिलो बलमा राहुल चाहरले अनोमल प्रितीसिंहबाट फाफ डु प्लेसिसलाइ ६ रनमा क्याच आउट गराए । चौथो ओभरको तेस्रो बलमा जयन्त यादवले आफैं क्याच लिदैं सुरेश रैनालाई ५ रनमा आउट गरे । छैटौं ओभरको अन्तिम बलमा कुनाल पान्ड्याले जयन्त यादवबाट शेन वाटशनलाई १० रनमा क्याच गराएपछि सुरुवाती समय चेन्नई दवावमा परेको थियो । १३ ओभरको पहिलो बलमा राहुल चाहारलेनै विकेटकीपर क्विन्टन डी ककबाट मुरली विजयलाई २६ रनमा स्टम्पिङ आउट गरे । विजयले २६ बलमा ३ चौका प्रहार गरे ।

पाँचौ विकेटका लागि कप्तान महेन्द्र सिंह धोनी र आम्बाती रायडुले ६६ रनको अविजित साझेदारी गरेपछि चेन्नईलाई प्रतिस्पर्धात्मक योगफल बनाउन सकेको हो । मुम्बईका लागि राहुल चाहारले २,जयन्त यादव र कुनाल पान्ड्याले समान १ विकेट लिए ।

आजको विजेता टोली सोझैं फाईनलमा प्रवेश गर्ने छ । पराजित हुने टोलीले बुधबार हुने दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीचको विजेतासँग फाईनल प्रवेशको लागि पुन दोस्रो क्वालिफायर खेल्न पाउने छ ।