नारायणकाजी ट्वाँ परेपछि…
राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार सदनमा वाचन गरेको नेपाल सरकारको नीति तथा कार्यक्रम ‘मेरो सरकार’ शब्द प्रयोगका कारण आलोचित बनेको छ ।
वास्तवमा नीति तथा कार्यक्रममा सरकारले दूरदर्शिताका साथ देश बनाउने सपना बोकेको छ । त्यति महत्त्वपूर्ण दस्ताबेज ‘मेरो सरकार’का कारण ओझेलमा परेको छ । उक्त दस्तावेज पुष्पकमल दाहाल प्रचण्डलाई पनि पढ्न दिइएको थियो । तर, उनले पढेको दस्तावेजमा ‘मेरो सरकार’ भन्ने शब्द नै थिएन भनेर उनले प्रतिक्रिया दिएपछि नारायणकाजी ट्वाँ पर्न थालेका छन् ।
कतै ओलीले प्रचण्डलाई गत वर्षकै नीति तथा कार्यक्रमको दस्तावेज त पढ्न दिएका थिएनन् ? कसो विष्णु रिमाल कमरेड ?
यो जानकारी आजको दृष्टि साप्ताहिकको बक्रदृष्टिबाट ।