कोलकत्ता संकटमा - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

कोलकत्ता संकटमा



एजेन्सी । ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा प्लेअफमा स्थान बनाउन संघर्षरत कोलकत्ता नाइट राइडर्स संकटमा परेको छ ।

लिग चरणको अन्तिम खेलमा प्रतिस्पर्धा गरिरहेको कोलकत्ताले जितका लागि मुम्बईसामु १ सय ३४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मुम्बईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको कोलकत्ताले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ३३ रन मात्र बनाउन सक्यो ।

क्रिस लिनले ४१ र रोविन उथ्थपाले ४० रन बनाउनु बाहेक अन्यको प्रर्दशन उल्लेख्य रहन सकेन । पछिल्ला क्रमका ब्याट्सम्यान नितिश रानाले १३ बलमा २६ रन बनाए ।

मुम्बईका लासिङ मालिङ्गाले सर्वाधिक ३ विकेट लिए । हार्दिक पाण्डेया र जसप्रित बुम्राहाको नाममा समान २–२ विकेट रह्यो ।

प्लेअफमा स्थान बनाउन कोलकत्तालाई जित्नैपर्ने दबाब छ । मुम्बई पहिलो क्वालिफायर खेल्ने लक्ष्य सहित कोलकत्तालाई हराउन चाहन्छ ।

कोलकत्ताको पराजयले सनराइजर्स हैदरावाद प्लेअफमा पुग्नेछ ।