क्रिकेटर विराट कोहलीको पहिलो क्रस करिश्मा - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

क्रिकेटर विराट कोहलीको पहिलो क्रस करिश्मा



क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्मालाई पर्फेक्ट जोडी मानिन्छ । दुवै जना केही समय प्रेम सम्बन्धमा रहे । उनीहरुले सन् २०१७ मा विवाह गरे । तर, विराटको क्रस अनुष्का भने थिइनन् ।

विराट सानैदेखि करिश्मा कपुरको फ्यान थिए । उनी स्कुल पढ्थे । त्यतिबेला करिश्मा उनको पहिलो क्रस थिइन् । यस कुराको खुलासा विराट आफैले एक अन्र्तार्ताको दौरानमा बताएका थिए ।

विराट–अनुष्काको पहिलो भेट भने एक टिभीको विज्ञापनमा भएको थियो । त्यसपछि उनीहरुबीचको मित्रता बढ्यो । र उनीहरुको त्यस मित्रता विवाहमा परिणत भयो । प्रायः दुवै सँगै देखिने, विभिन्न कार्यक्रममा सँगै जाने गर्न थालेपछि उनीहरुको प्रेम गोप्य रहन सकेन । पछि उनीहरुले विवाह पनि गरे ।

यो चर्चित बलिउड विवाहमध्ये एक थियो । उनीहरुले इटालीको करिब आठ सय वर्ष पूरानो गाउँमा विवाह गरेका थिए । नयाँ पत्रिका दैनिकबाट ।