दिल्लीका मुख्यमन्त्री केजरीवाललाई एक युवाले सडकमै झापड हाने - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई एक युवाले सडकमै झापड हाने



दिल्लीका मुख्यमन्त्री अरविंन्द केजरीवाललाई एक युवाले सडकमै झापड हानेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार नयाँ दिल्लीको लोकसभा क्षेत्रमा रोड शो गर्ने क्रममा सुरेश नाम गरेका युवाले उनलाई झापड हिर्काएका थिए।

दिल्ली लोकसभा सीटको करमपुरा क्षेत्रमा चुनाव प्रचारप्रसार गर्ने क्रममा उक्त घटना भएको थियो। रोड शोका क्रममा अचानक रातो टि- सट लगाएका सुरेश गाडीमा चढ्दै केजरीवाललाई थप्पड हानेका थिए।

झापड हिर्काएपछि भाग्नेक्रममा समर्थकले सुरेशलाई समातेर प्रहरीलाई बुझाएका थिए। प्रहरीले उनलाई पक्राउ गर्दै स्थानीय मोती नगर पुलिस स्टेशनमा लगेका छन्।

उनीसँग घटनाका बारेमा सोधपुछ भइरहेको दिल्ली प्रहरीले जनाएको छ। यसअघि पनि २०१४ मा रोड शोका क्रममा केजरीवाललाई एक अटो ड्राइभरले थप्पड हिर्काएका थिए।