आँधीको डरले भारतका १३ जिल्लाका ८ लाख मानिस सारियाे - Himal Post Himal Post
  • १० माघ २०८२, शुक्रबार
  •      Fri Jan 23 2026
Logo

आँधीको डरले भारतका १३ जिल्लाका ८ लाख मानिस सारियाे



काठमाडौं -भारतको पूर्वीय तटवर्ती क्षेत्रबाट सामुद्रिक आँधी फानी आउन लागेको आशंकामा करिब ८ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

सामुद्रिक आँधी २ सय किलोमिटर प्रतिघण्टाका दरले आउने लागेको अनुमान मौसमविद्ले गरेका छन्। यो खबर आजको अन्नपूर्ण पोस्टले छापेको छ।

भारतको प्रकोप नियन्त्रण विभागका अधिकारीले उडिसाका १३ जिल्लाका ७ लाख ८० हजार व्यक्तिलाई आँधीले प्रभाव पार्नसक्ने इलाकाबाट सारिएको बताएका छन्।