आजको आइपिएल ५ ओभरको मात्र - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

आजको आइपिएल ५ ओभरको मात्र



काठमाडौं -पानी परेको कारणले निकै ढिला सुरु भएको राजस्थान रोयल्स र रोयल च्यालेंजर बैंगलोर बिचको खेल ५ ओभरको मात्र हुने जनाइएको छ ।

चिन्नस्वामी खेल मैदानमा सुरु भएको खेलमा बैंगलोरले ब्याटिंग गर्दै छ । आजको खेलमा जित निकाल्न सक्नेको प्लेअफमा जाने ढोका खुला रहने छ भने पराजित हुनेको सपना लगभग समाप्त हुने छ ।

बैंगलोर १२ खेलमा ४ जीत निकाल्दै अंक तालिकामा पुछारमा छ भने राजस्थान १२ खेलमा ५ जित निकाल्दै सातौँ नम्बरमा छ । आफैले खेल जितेर मात्र प्लेअफमा जाने सम्भावना भने उनीहरको छैन । अबका खेलमा अंक तालिकामा आफु भन्दा माथिल्लो स्थानमा भएका समुहले हारेको खण्डमा सम्भावना रहने छ ।