आईपीएल: आज बेंगलोर र राजस्थान भिड्दै - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

आईपीएल: आज बेंगलोर र राजस्थान भिड्दै



जेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज रोयल च्यालेन्जर्स बेंगलोर र राजस्थान रोयलसबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार बेलुका ८ : १५ देखी बेंगलोरको घरेलु मैदानमा सुरु हुने छ । यस अघि राजस्थानको घरेलु मैदानमा बेंगलोर ७ विकेटले पराजित भएको थियो ।

बेंगलोर आजको खेलमा पराजित भए आधिकारीक रुपमा समुह चरणबाट बाहिरिने पहिलो टोली बन्ने छ । पुछारमा रहेको बेंगलोरको प्ले अफको भिनो अंक गणीतिय संभावना बाँकी छ ।

राजस्थानलाई पनि अंक गणीतिय संभावना कायमै राख्न आजको खेल जित्नै पर्ने हुन्छ । राजस्थानका कप्तान स्टिभ स्मिथको आईपीएलमा आजको खेल अन्तिम हुने छ ।

स्मिथले जारी आईपीएलमा १० खेलमा ३ अर्ध शतक सहित ३९.८७ को औसतमा कुल ३ सय १९ रन बनाएका छन् ।त्यस्तै बेंगलोरका अलराउण्डर मार्कस स्टोइनिसको पनि यो खेल अन्तिम हुने छ ।

यी दुबै खेलाडी आगमी महिना इंग्ल्यान्ड र वेस्समा संयुक्त रुपमा आयोजना हुने वान डे विश्वकपको लागि बन्द्र प्रशिक्षणको लागि अष्टे«लिया फर्किने छन् । अष्टे«लिया क्रिकेट बोर्डले विश्वकपमा परेका सबै खेलाडीलाई अप्रिल अन्तिमसम्म प्रशिक्षणमा सहभागित हुन आदेश दिएको छ । त्यसै अनुरुप सनराइजर्स हैदरावादका ओपनर डेविड वार्नर र मुम्बई इन्डिन्सका जोसन बेहरनडोफ स्वदेश फर्कि सकेका छन् ।

जारी आईपीएलमा राजस्थान सातौ र बेंगलोर आठौं स्थानमा छन् । राजस्थान १२ खेलमा ५ खेलमा जित र ७ खेलमा पराजित भएको छ । त्यस्तै बेंगलोर समान खेलमा ४ मा जित र ८ मा हारका साथ पुछारमा छ । शीर्ष स्थानमा रहेको दिल्ली र दोस्रो स्थानमा रहेको चेन्नई प्ले अफमा पुगि सकेका छन् ।