मुख्यमन्त्री पोखरेल हिँडेको सडक नजिकै बम बिस्फोट - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

मुख्यमन्त्री पोखरेल हिँडेको सडक नजिकै बम बिस्फोट



रोल्पा : प्रदेश–५का मुख्यमन्त्री शंकर पोखरेल हिँडेको सडक नजिकै रोल्पामा बम बिस्फोट भएको छ। मुख्यमन्त्री पोखरेल हिँडेको गैरीगाउँस्थित राँकेडाँडामा मंगलबार विहान ११ बजे बम बिस्फोट भएको हो।

सदरमुकाम लिवाङबाट त्रिवेणी गाउँपालिकाको जुगारमा हुने आमसभामा सहभागि हुन जाँदै गर्दा सडक नजिकै जंगलमा बम बिस्फोट भएको प्रदेश-५ सभाका सांसद दिपेन्द्रकुमार पुनले जानकारी दिए।

अर्कोतर्फ रोल्पा प्रहरी प्रमुख डिएसपी दिपक खड्काले कुनै बम बिस्फोट नभएको बताए। तर, गैरीगाउँ स्थानीयले भने बिस्फोटको ठुलो आवाज आएको बताएका छन्।

पाल्लो पखेरास्थित गहुँबारीमा मुख्यमन्त्री हिँडेकै सडक नजिक सोमबार पनि बम विस्फोटन भएको थियो। रोल्पा नगरपालिका–४ रुन्टाबाङ र तित्रिकोट गाउँको बिच जंगल क्षेत्रमा विस्फोट भएको स्थानीयले बताएका थिए। बिस्फोटपछि धुवा र धुलो उडेको थियो।

सोमबार भएको बिस्फोटको जिम्मा प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले लिइसकेको छ।अन्नपूर्ण पोस्टबाट