वायुसेवा निगमद्वारा क्याप्टेन विजय लामा निलम्बित - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

वायुसेवा निगमद्वारा क्याप्टेन विजय लामा निलम्बित



काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका प्रवक्ता तथा क्याप्टेन विजय लामालाई निलम्बन गरेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्टिकरण सोधेर लामालाई ग्राउन्डेड गरेको हो। केही दिनअघि विवादस्पद अभिव्यक्ति दिएको भन्दै क्याप्टेन लामासँग स्पष्टिकरण सोधेको थियो।

लामाले एउटा टेलिभिजन कार्यक्रममा नागरिक उड्डयन प्राधिकरणलाई आफ्नो इजाजतपत्र खारेज गर्न चुनौती दिएका थिए। उनले आफू बिरामी हुँदा पनि जहाज उडाएको दाबी समेत गरेका थिए। सोही विषयलाई लिएर क्याप्टेन लामालाई प्राधिकरणको सुरक्षा विभागले ७ दिने स्पष्टिकरण सोधेको थियो।

‘उहाँले आफूलाई निन्द्रा समेत नलाग्ने बताउनु भएको रहेछ। बिरामीले जहाज उडाउन मिल्दैन,’ महानिर्देशक गौतमले भने। लामाले पटक–पटक प्राधिकरणलाई अटेर गरेको र स्पष्टिकरण समेत चित्त बुझ्दो नभएकाले निलम्बन गरिएको समेत गौतमले बताए। नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले नेपाल वायु सेवा निगमको प्रवक्ताबाट नहटेसम्म लामालाई जहाज उडानसमेत प्रतिबन्ध लगाइएको बताए।

गत चैत १९ गते राति भएको निगमको दुबई उडान रद्दबारे पाइलट लामाले बोलेको विषयलाई लिएर स्पष्टिकरण सोधिएको थियो। लामा नेपाल वायुसेवा निगमका वरिष्ठ क्याप्टेन हुन्। कार्यकारी अध्यक्षमा मदन खरेल नियुक्त भएसँगै लामालाई निगमको प्रवक्ताको समेत जिम्मेवारी दिइएको थियो। काठमाडौ प्रेसबाट