सांस्कृतिक कार्यक्रमको लागि देवी घर्ती, राजु ढकाल र कला लम्साल दुबई आउदै - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

सांस्कृतिक कार्यक्रमको लागि देवी घर्ती, राजु ढकाल र कला लम्साल दुबई आउदै



समीर प्रकाश पाण्डे /दुबई

तनहुँ सेवा समाज युएईको आयोजनामा “ जेहेन्दार तथा आर्थिक विपन्न विद्यार्थी छात्रवृत्ति कोष सहयोगार्थ ,सहभागिता भन्ने मूल उद्देश्य साथ यही मे ०३ /२०१९ मा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

कार्यक्रमका लागि नेपालबाट चर्चित गायिका देवी घर्ती मगर गायक राजु ढकाल र गायिका कला लम्साल आउने भएका छन् । कार्यक्रमलाई अझ विशेष बनाउनका लागि परम्परागत नाच, लाखे नाच, कौराह नाच, पञ्चेबाजा र लोक नृत्य “नयाँ वर्ष सांस्कृतिक रमझम २०७६” साथमा स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने आयोजक पक्षले जनाएको छ ।

समाजले युएईमा कार्यरत सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू, तनहुँ बासी, युएईमा रहनु हुने सम्पूर्ण नेपालीहरूलाई सहभागिताका लागी अनुरोध गर्दै, युएई स्थित सक्रिय सामाजिक सङ्घ, संस्थाका प्रतिनिधि ज्युहरू एवं सामाजिक अभियान्ताहरूलाइ सहभागिता तथा हातेमालोका लागी अपिल समेत गरेको छ ।

समय र स्थान
आयोजक तनहुँ सेवा समाज युएई
स्थान: क्याल्टन टावर देरा दुबई
समय : १ बजे
मिति : ०३ मे २०१९