कोलकत्ताद्वारा मुम्बई पराजित : अंक तालिका रोचक बन्दै - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

कोलकत्ताद्वारा मुम्बई पराजित : अंक तालिका रोचक बन्दै



एजेन्सी । कोलकत्ता नाइट राईडर्सले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सलाई पराजित गरेको छ ।

आइतबार भएको खेलमा कोलकत्ताले मुम्बईलाई ३४ रनले पराजित गरेको हो ।

इडेन गार्डेन्समा कोलकत्ताले दिएको २३३ रनको फराकिलो लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ७ विकेट गुमाएर १९८ रन मात्र बनाउन सक्यो ।

मुम्बईका लागि हार्दिक पाण्डयाले ९१ रनको अर्धशतकीय इनिङस खेलेपनि टोलीको हार टार्न सकेनन् । यस्तै मुम्बईका लागि सूर्यकुमार यादवले २६ तथा कुर्नाल पाण्डयाले २४ रन बनाए ।

कोलकत्ताका सुनिल नारिने, ह्यारी गुर्ने र आन्द्रे रसेलले २/२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले पुरै २० ओभर खेल्दै २ विकेट गुमाएर २३२ रन बनाएको थियो ।

कोलकत्ताका लागि सुबमन गिल, क्रिस लान र आन्द्रे रसेलले अर्धशतक बनाए ।

निकै आक्रामक ब्याटिङ गर्दै अविजित रहेका रसेलले ८० रनको योगदान दिए । यस्तै गिलले ७६ रन जोड्दा लानले ५४ रन बनाए ।

मुम्बईका दिपक चाहर र हार्दिक पाण्डयाले १/१ विकेट लिए ।

यो जितसंगै कोलकत्ताले १२ खेलबाट १० अंक जोडेको छ । र, कलकत्ता पाँचौं स्थानमा उक्लिएको छ ।

पराजित मुम्बई १२ खेलबाट १४ अंक जोडेर तेस्रो स्थानमा छ ।