क्रिस गेल र केएल राहुललाई आउट गरेका सन्दीपले आज कोहलीलाई आउट गर्लान ? - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

क्रिस गेल र केएल राहुललाई आउट गरेका सन्दीपले आज कोहलीलाई आउट गर्लान ?



काठमाडौँ । जारी इन्डियन प्रिमियर लिग अन्तर्गत अहिले क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोरबीचको खेल हुँदैछ । फिरोज शाह कोट्लामा जारी खेलमा सन्दीप टिममा फर्किएका छन् ।

विराट कोहलीको बैंलोरविरुद्धको खेलमा उनलाई टिमले प्लेइङ–११ मा राखेको छ । यसअघि क्रिस गेल तथा केएल राहुललाई आउट गरेका सन्दीपलाई आज कोहली आउट गर्ने मौका मिल्न सक्छ । यी दुई खेलाडी पुनः आमने–सामने हुन लागेको हो ।

यसअघिको खेलमा भने सन्दीपको बलिङ महँगो बनेको थियो । दिल्लीले बैंगलोरलाई हराएपनि सन्दीप महँगो बनेका थिए। उनले उक्त खेलमा चार ओभरमा ४६ रन खर्चिएर मात्र एक विकेट हात पारेका थिए । कोहलीले सन्दीपलाई लगातार दुई छक्का प्रहार गरेका थिए । सन्दीपले खेलभर चार छक्का र दुई चौका व्यहोरेका थिए ।

हाल समूहको शीर्षस्थानमा रहेको चेन्नई सुपर किङ्स रहेको चेन्नाईको १२ खेलबाट १६ अंक रहेको छ । दोस्रो स्थानमा रहेको मुम्बई इन्डियन्सको पनि ११ खेलबाट १४ अकं छ तथा तेस्रो स्थानमा रहेको दिल्लीको पनि १४ अंक छ ।

जारी खेलमा दिल्लीले ब्याटिङ गरिरहेको छ ।