रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध सन्दीप दिल्लीको पहिलो रोजाईमा - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध सन्दीप दिल्लीको पहिलो रोजाईमा



काठमाडौं – नेपाली स्पिनर सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध पहिलो रोजाइमा मैदान उतारेको छ ।

दिल्लीले घरेलु मैदान फिरोज शाह कोटलामा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । दिल्लीका कप्तान श्रेयस ऐरले बुझाएको प्लेईङ ११ को सुचिमा सन्दीप अटाएका छन् । क्रिस मोरिसको स्थानमा सन्दीपले मौका पाएका हुन् । सन्दीपले जारी आईपीएलमा ५ खेलमा ८ विकेट लिएका छन् ।

दिल्लीको प्लेइङ ११ : शिखर धवन,पृथ्वी शा,श्रेयस ऐर(कप्तान) ऋषभ पन्त,कोलिन इनग्राम, शेरफेन रदरफोर्ड,अक्षर पर्टेल,कागिसो रबाडा,सन्दीप लामिछाने,अमित मिश्रा र ईशान्त शर्मा ।