ब्याटिङ गर्दै नेपाल - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

ब्याटिङ गर्दै नेपाल



काठमाडाैं : एसीसी यू–१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले अहिले मलेसियासँग प्रतिस्पर्धा गरिरहेको छ।

थाइल्याण्डको चियाङमाई रंगशालमा टस जितेर पहिले ब्याटिङ गर्ने भएको हो। साविकको विजेतासमेत रहेको नेपाल उपाधि रक्षा गर्ने योजनासहित मैदान उत्रिएको छ। जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेको नेपाललाई उपाधि जित्न भने मलेसियाको चुनौती पन्छाउनु पर्नेछ ।

समूह चरणको भेटमा नेपालले मलेसियालाई ३९ रनले हराएको थियो। शनिबार भएको सेमिफाइनलमा हङकङलाई ४ विकेटले हराउँदै नेपाल उपाधि नजिक पुगेको हो। यस्तै मलेसियाले साविकको उपविजेता सिंगापुरलाई ५७ रनले पराजित गर्दै नेपालसँगको भेट पक्का गरेको थियो।

अघिल्लो संकरणमा नेपालले सिंगापुरलाई ७१ रनले पाखा लगाउँदै उपाधि जितेको थियो।