नेपालीको प्रतिव्यक्ति आय पाँच गुणा बढ्यो - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

नेपालीको प्रतिव्यक्ति आय पाँच गुणा बढ्यो



विगत १८ वर्षमा नेपालीको प्रतिव्यक्ति आय पाँच गुणा बढेर चालु आर्थिक वर्षमा १०४७ अमेरिकी डलर पुग्ने केन्द्रीय तथ्यांक विभागले प्रक्षेपण गरेको छ।

आव २०५७ ०५८ मा नेपालीको प्रतिव्यक्ति आय २६० डलर मात्र थियो। यो खबर आजको कारोबार दैनिकमा भीम गौतमले लेखेका छन्।

गत आवमा १००५ अमेरिकी डलर प्रतिव्यक्ति आय रहेकोमा चालू आवमा ३९ अमेरिकी डलर बढेर १०४७ पुग्ने प्रक्षेपण गरेको हो।

तर, राष्ट्रिय योजना आयोगले चालू आवमा नेपालीको प्रतिव्यक्ति आय १०७५ अमेरिकी डलर पुग्ने प्रक्षेपण गरेको छ।

हालको सटहीदरअनुसार प्रतिव्यक्ति आय १ लाख १७ हजार ४ सय ५५ रुपैयाँ छ।